ग्राउन्ड जीरो सम्बादाता , ११५३ पटक हेरिएको

विराटनगर । गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने पाँच वटा सिमेन्ट उद्योग कारबाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जगदम्बा सिमेन्ट प्रालि रुपन्देही, जानकी केवल प्राली धनुषा र ग्यास वान नेपाल प्रालि बारालाई कारबाही गरेको हो ।
सिमेन्ट उत्पादनमा तोकिएको गुणस्तर नभएका कारण विभागले १५ दिनभित्र स्पष्टीकरण समेत मागेको छ । सिमेन्टको गुणस्तर परीक्षणका क्रममा तोकेको गुणस्तरअनुसार नरहेको भन्दै विभागले बिक्रीरवितरण रोक्का गरी १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र काटेको हो ।
प्रकाशित मिति: २०२३-०८-२४ , समय : १२:४३:३० , २ वर्ष अगाडि