ग्राउण्ड जिरो सम्बाददाता , ११९१ पटक हेरिएको

मोरङ,
मोरङको बिराटनगर महानगरपालिका वडा नं.१५, एक नम्बर ढाट स्थितबाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला सप्तरी औरही गाऊपालिका वडा नं. ५ बस्ने २१ बर्षीय नितिश कुमार यादव रहेका छन् । भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका यादबलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका पौने ६ बजे लागुऔषध ब्राउन सुगर १ ग्राम ०२ मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ
प्रकाशित मिति: २०२३-०८-२९ , समय : १३:३०:२३ , २ वर्ष अगाडि