ग्राउण्डजिरो सम्बाददाता , ९९१२ पटक हेरिएको

मोरङ, बिराटनगरको रानि बाट एकजना लागुऔषध सहित पक्राउ परेका छन् । पत्रफाउ पर्ने मा सुनसरी धरान उपमहानगरपालीका १६ को ४४ बर्षीय शरण श्रेष्ठ रहेका छन् । दिउसो १ बजे भारतबाट नेपाल तर्फ आउदै गरेका श्रेष्ठलाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले एभिल १० एम्पुल, डाइजीपाम १० एम्पुल, लुपिजसिक१० एम्पुल र प्यानारागन १० एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
प्रकाशित मिति: २०२४-०७-१७ , समय : १५:०९:२३ , १० महिना अगाडि